धरान/ ६ दिनदेखि त्रिशुली नदिमा वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरे फेला नपरेपछि उनका छोराले कुशको शब बनाएर दाहसंस्कार गरेका छन् । आमा चैतन्य कुमारीको शवसँगै घिमिरेको पनि कुशको शव बनाएर छोरा शुसान्तले शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरेका हुन ।
[caption id="attachment_15910" align="alignleft" width="659"]
शवमा घिमिरेका छोरा सुशान्तले दागबत्ति दिएका थिए । अन्त्यष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी सहित सचिब र उपसचिबहरुको पनि उपस्थिती रहेको थियो ।गत आईतबार बा९च १५३१ नम्बरको जीप चडेर काठमाण्डौ जादै गरेका पुर्व गृहमन्त्रि घिमिरे सहितको परिवारको टोलि त्रिशूली नदीमा खसेको थियो।