सडक दुर्घटनामा निधन
- असोज १५, २०७३
- ब्लाष्ट खबर
काठमाडौँ/स्थानीय कालीमाटीमा आज बिहान भएको सडक दुर्घटनामा समिर कर्माचार्यको मृत्यु भएको छ ।
बल्खुका सन्दीप तामाङले चलाएको बा६०प ९११० नं को मोटरसाइकल कालीमाटीस्थित डिभाइडरमा ठोकिएर दुर्घटना भएपछि पछाडि बसेका २० वर्षीय कर्माचार्य गम्भीर घाइते भई सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको महानगरीय ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।
कर्माचार्य बल्खुमा बस्दै आएका थिए । सोही अस्पतालमा चालक तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस