1 photo Yogesh bhattara taplejungललितपुर /  नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योेगेश भट्टराईले अघिल्लो सरकारले ल्याएका बजेट आश्रित विधेयक नै पुनः प्रस्तुत भई पारित भएकाले नयाँ सरकार गठनको औचित्य समाप्त भएको बताएका छन् । प्रेस चौतारी नेपाल ललितपुरको चौथो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले संविधान संशोधनको भ्रम दिएर मधेसकेन्द्रित दललाई सरकारका पक्षमा मतदान गराइए पनि संशोधनको प्रस्ताव आउन नसकेकाले सरकारको औचित्यमा प्रश्न उत्पन्न भएको दाबी गरे । सचिव भट्टराईले मधेसी दलसँग अब नयाँ विकल्पका बारेमा वार्ता गर्न आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रसरता लिनुपर्ने बताउँदै संविधान संशोधनका लागि आवश्यकता र औचित्यका आधारमा छलफल गर्नुपर्ने बताए । उनले भने, “एमालेले संविधान संशोधन गर्न मानेन भनेर भ्रम फिँजाइएको छ, म सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लाई चुनौती दिन चाहन्छु कि के तपाईहरु आफ्नो पार्टीको केन्द्रीय समितिबाट हिन्दी भाषालाई राष्ट्र भाषा बनाउने र प्रदेशको सिमाना हेरफेर गर्ने प्रस्ताव पारित गर्न सक्नुहुन्छ ? हिम्मत भए संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेर देखाउनुस् ।” कार्यक्रममा प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पत्रकार हरिकृष्ण वेञ्जनकार, सचिव अमृतनाथ तिमिल्सिना लगायतले शुभकामना दिए । कार्यक्रममा तुलसीलाल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार माधव पौडेललाई पुरस्कृत गरियो । । रासस

yogesh