Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • संविधान संशोधन हुन्छ – प्रधानमन्त्री

संविधान संशोधन हुन्छ – प्रधानमन्त्री

  • असोज १७, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय हुने गरी सहमतिको प्रयास जारी रहेको बताएका छन् । संविधानमा सबैको भावनालाई समेट्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीले जनताको आवश्यकता र चाहनालाई ख्याल गरेर अगाडि बढ्न वर्तमान सरकार प्रयत्नशील रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले भने – “सङ्घीय संरचनामा अन्य विषय आधारभूत रुपमा मिलेकै छ । तर थारु, मधेसी र मगर समुदायको क्षेत्र मिलेको छैन, अलगअलग पर्न गयो ।

यसलाई संशोधन गर्दा मिलाउने प्रयत्न जारी छ ।” संविधान घोषणा गर्दा केही विषयहरु छुटेको सबै पक्षलाई अनुभव भएको भन्दै उहाँले आधारभूत रुपमा मिलाइने बताए । भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताए । भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगरात प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधि, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिवासी, जनजातिका प्रथाजन्य कानुनलाई वैधानिकता दिनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले संविधानमा केही सकारात्मक विषयहरु रहेको भए पनि पूर्ण नभएको भन्दै संशोधनमार्फत भएपनि पछाडि पारिएका क्षेत्रको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

नेकपा (माओवादी केन्द्र)का नेता सुरेश आलेमगरले सङ्घीय संरचनामा नेपालका आदिवासी जनजाति समुदायको माग र भावनालाई सम्बोधन गर्नुपर्नेमा आफूहरुले जोड दिएको जानकारी दिए । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रमुख राजनीतिक दल सम्बद्ध आदिवासी जनजातिका नेताहरु बालुवाटार पुगेका थिए ।

सम्बन्धित समाचार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज् ...

आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको ...

धरानको प्राइम भिजनलाई अवार्ड

धरान । सुनसरीको धरानमा सञ्चालित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved