-
Home
-
अर्थ
-
भूकम्पपीडितका लागि सामूहिक आवास निर्माण
भूकम्पपीडितका लागि सामूहिक आवास निर्माण
- कार्तिक ४, २०७३
- ब्लाष्ट खबर
बनेपा/भूकम्पपीडितका लागि काभ्रेपलाञ्चोकको १० वटा गाविसमा सामूहिक आवास निर्माण भएको छ ।
पाँच करोड रूपैयाको लागतमा निर्माण भएको आवास पाँचदेखि १६ परिवार बस्न मिल्नेखालको १६० परिवारका लागि महिला तथा पुरुष शौचालय जडित भएको सहरी विकास भवन डिभिजन कार्यालय, धुलिखेलका डिभिजन प्रमुख अष्टलाल सुवालले बताए ।
जिल्लाको बल्थली, सिम्थली, भीमखोरी, धुसेनी शिवालय, कोलातेभूमेडाँडा, चलालगणेशस्थान, वालुपाटी देउपुर, उग्रतारा जनगाल, च्यासिङ्खर्क र चौबासमा एक एक सामूहिक आवास निर्माण भएको छ ।
डेढ महिनाको अवधिमा निर्माण कार्य सकिएको सामूहिक आवास केही दिनमा नै दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिने डिभिजन प्रमुख सुवालले बताए । फ्रि फ्याब डिजाइनमा निर्माण भएको आवासमा जस्ताको छाना लगाइएको छ ।
सुवालले १६ परिवार बस्न मिल्ने सबैभन्दा ठूलो आवास च्यासिङ्खर्कमा निर्माण भएको र त्यसको लागत ४८ लाख रूपैया रहेको उल्लेख गर्दै सबैभन्दा सानो पाँच परिवार बस्न मिल्ने बल्थली गाविसमा रु १६ लाखको लागतमा निर्माण भएको बताए ।
भूकम्पपीडितलाई लक्षित गरेर निर्माण गरिएकाले उनीहरु नै सामूहिक आवासमा बस्ने सुवालले बताए ।