arrestकाठमाण्डौ / भूमीगतरुपमा सशस्त्र  गतिविधि गर्दै आएको मंगोल मूलवासी राष्ट्रिय फोर्सका अध्यक्ष सहित १३ जनालाई महानगरिय प्रहरी कार्यालयले पक्राउ गरेको छ । फोर्सले आपराधिक गतिविधी बढाएको विशेष सूचनाको आधारमा प्रहरीको आतंकवाद हेर्ने विशेष व्युरो र महानगरीय प्रहरी कार्यालयले संयुक्त रुपमा खोजी गरि पक्राउ गरेको हो । प्रहरीले फोर्सका अध्यक्ष उपेन्द्र घर्तीमगर, पृथ्वीनारायण लिम्बू, टेन्डी शेर्पा, सचिन लिम्बू, सुवास राई, नविन श्रेष्ठ लगायतका १३ जना रहेका छन् । प्रहरीले रोल्पाबाट ५, सिन्धुपाल्चोकबाट २ रअन्यलाई  काठमाडौंबाट पक्राउ गरेको व्युरोका डिआइजी बमबहादुर भण्डारीले जानकारी दिए । उनीहरुको साथबाट ४ वटा पेस्तोल, विभिन्न विष्फोटक पदार्थहरु लगायतका दस्तावेजहरु बरामद गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुले हतियार संकलन, बस लुट्ने, बैक लुट्ने, सुन पसल लुट्ने र प्रहरी चौकी आक्रमण गर्ने तयारी गरेको बताइएको छ ।  उनीहरुले माओवादी युद्धताका माओवादीले जे(जे गर्थे यो समूहले पनि त्यही गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । उनीहरुलाई अवैध हातहतियार तथा विष्फोटक पदार्थ कसुर अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।