विजयपुर/काठमाडौं हाउजिङ एण्ड लिजिङ प्रालिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध अदालत गुहार्ने भएको छ । कम्पनीबाट सञ्चालित निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टसँगको सम्झौतालाई बीपी प्रतिष्ठानले गलत मनसायले भङ्ग गरेको भन्दै प्रालि अदालत जाने भएको हो ।
निर्वाणाका सञ्चालक शशीराम भण्डारीले प्रतिष्ठानले आपूmहरुलाई पहिलेदेखिनै अनावश्यक रुपमा तनाव दिँदै आएको समेत बताए । प्रतिष्ठानले भने सञ्चालक भण्डारीले नै सम्झौता बदर गर्ने भन्दै पत्र दिएपछि आपूmहरुले प्रक्रिया शुरु गरेको जनाएको छ । प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले निर्वाणा कन्ट्री क्लबले नै ठेक्का रद्द गर्न पत्र पठाएपछि आपूmहरुले शर्त अनुसार क्षतिपूर्ति माग्दै ताकेता गरेको बताए ।क्लबका सञ्चालक भण्डारीले भने प्रतिष्ठानले धेरै नै दुःख दिएपछि आपूmले आवेशमा सम्झौता बदर गर्ने ठाडो निवेदन दिएको बताए । ‘मैले कम्पनीको निर्णयबिना नै पत्र दिएको थिएँ’, उनले भने, ‘पछि कम्पनीको बैठक बसेपछि सम्झौता भङ्ग नगर्ने निर्णयसहितको अर्को पत्र पनि दिएको थिएँ, त्यसको विषयमा प्रतिष्ठानले केही बोलेको छैन ।’ प्रतिष्ठानका अधिकृतहरुले आपूmलाई पटक–पटक गाई पाल्न नपाइने भन्दै दुःख दिने गरेको भण्डारीले बताए ।
तर प्रतिष्ठानले भने २०७१ साल साउन २८ गते ‘प्रतिष्ठानसँग भएको सम्झौता विपरीत नहुने गरी सञ्चालन गर्न’ अनुमति दिएको थियो । प्रतिष्ठानका तर्पmबाट सामान्य प्रशासन शाखाका सुपरभाइजर मोहम्मद हसिबुर रहमानले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।‘प्रतिष्ठानसँग भएको सम्झौता हाम्रो तर्पmबाट अक्षरशः पालना गरेका छौं’, निर्वाणाका सञ्चालक भण्डारीले सोमबार पत्रकार सम्मेलन गरेर भने, ‘हामीले किन सम्झौता भङ्ग गर्ने ?’ प्रतिष्ठानले सोमबार निर्वाणा कन्ट्री क्लबमा पाँच दिने म्याद दिएको पत्र टाँस गरेको थियो । टाँस गरिएको पत्रमा ‘निर्वाणा कन्ट्री क्लबले सम्झौता भङ्ग गर्ने सम्बन्धमा दिएको पत्र अनुसार २०७३ असोज १९ गते बसेको प्रतिष्ठानको कार्यकारी समितिको बैठकले सम्झौता भङ्ग गर्ने निर्णय भएको उल्लेख छ ।
प्रतिष्ठानसँग भएको सम्झौता अनुसार पाँच दिनभित्र बरबुझारत गरी ठाउँ खाली गर्न पत्रमा उल्लेख गरिएको छ । पत्रमा पाँच दिनभित्र ठाउँ खाली नभए बिजुली, पानी काट्न सम्बन्धित विभागलाई र ठाउँ खाली गराउन सहयोग गर्न केटीएम सेक्युरिटीलाई बोधार्थ समेत पठाइएको छ । निर्वाणाले यस विषयमा अदालतबाट ‘स्टे अर्डर’ लिने निर्वाणाका सञ्चालक भण्डारीले बताए । प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले अदालतले गरेको पैmसला आपूmहरुले मान्ने बताए । ‘अदालतले हामीसँग पनि जवाफ माग्दा हामी जवाफ दिन्छौं’, श्रेष्ठले भने ।