Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • निर्वाचन मिति घोषणा आयोगबाटै हुनुपर्ने माग

निर्वाचन मिति घोषणा आयोगबाटै हुनुपर्ने माग

  • मंसिर ५, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/सरकारले निर्वाचनको मिति घोषणा निर्वाचन आयोगबाटै हुनुपर्छ भन्ने मान्यताप्रति कुनै विवाद नरहेको बताएको छ । आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राज्य व्यवस्था समितिको आजको बैठकमा सरकारले त्यस्तो अभिमत प्रकट गरेको हो । उपप्रधानमन्त्री विमलेन्द्र निधिले निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी आयोगलाई नै दिनुपर्छ भन्ने सोच सरकारको रहेको बताए । आयोगलाई सक्षम बनाउन सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री निधिले मतदाता जागरण अभियान सफल पार्न सरकारी सहयोग रहिरहने बताए । प्रस्तुत विधेयकमा सांसदबाट प्राप्त संशोधनलाई समायोजन गरिने बताउँदै उहाँले प्राप्त सुझाव र संशोधन उपयोगी भएकाे बताए । छलफलका क्रममा सांसदले आयोगको निष्पक्षता, प्रभावकारिता, आवधिक निर्वाचन सम्पन्न गर्न सरकारबाट उपलब्ध हुनुपर्ने स्रोत, साधन एवम् जनशक्ति, चुनाव खर्चको सीमा, विदेशी सहायताको अस्विकार, संवैधानिक व्यवस्थानुसार निर्वाचनसम्बन्धी सबै काममा ३३ प्रतिशत महिलाको सुनिश्चितता तथा चुनावका बेला भोजभतेर र विकास निर्माणका कामको आश्वासनमा निषेध जस्ता विषय विधेयकमा समट्नुपर्नेमा जोड दिए । आयुक्त इला शर्माले निर्वाचनको मिति घोषणाको अधिकार आयोगले पाउनुपर्ने माग गर्दै दक्षिण एसियाका अन्य सबै मुलुकमा त्यस्तो अभ्यास भइरहेको बताए । उनले सरकारले निर्वाचनको मिति तोक्दा उपहास पात्र हुने भएकाले त्यसो नगर्न अनुरोध पनि गरे ।  विधेयकमा नै आयोगले चुनावको मिति घोषणा अधिकार पाउनुपर्ने व्यवस्था होस् भन्ने उनको भनाइ थियो । रासस

सम्बन्धित समाचार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज् ...

आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको ...

धरानको प्राइम भिजनलाई अवार्ड

धरान । सुनसरीको धरानमा सञ्चालित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved