धरान/देशलाई खण्डित पार्ने संविधान संसोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले ठोकुवा गरेका छन् ।
[caption id="attachment_22227" align="alignnone" width="960"]

तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
नेता खनालले शनिबार प्रेश चौतारी नेपाल नगर समिति र एमाले प्रचार प्रसार विभागले गरेको पत्रकार भेटघाटमा संविधान संसोधनको प्रस्ताव राष्ट्रलाई विखण्डन गर्ने खाल्को भएकाले कुनै हालतमा पारित हुन नदिने बताए ।
‘आकाश खस्ला, धर्ती फाट्ला तर, संसोधन प्रस्ताव एमालेले कार्यान्वयन गर्न दिँदैन । विपक्षमा सदैव रहन्छ ।’ नेता खनालले भने । उनले संविधान संसोधन प्रस्ताव सत्ताधारीहरुको यो ‘कुबेलाको सहनाइ’ रहेको टिप्पणी गरे । संविधान संसोधन भन्दा पनि अहिले कार्यान्वयन गरेर अघि बढ्दै निर्वाचन उन्मुख हुनको लागि सत्ताधारीहरुलाई आग्रह गरे । देशलाई संकटमा पार्नको लागि सत्ताधारीहरुले ढिलासुस्ती गरिरहेको बताउँदै त्यसका विरुद्ध सत्तीसाल जस्तो भएर एमाले लाग्ने उनले बताए ।
उनले निर्वाचन गरेमा देश स्वतः एकतावद्ध तर्फ उन्मुख हुने बताए । संविधान संसोधन प्रस्तावको निकास के भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘देशको निम्ति असुहाउँदो संसोधन प्रस्ताव फिर्ता नगरेसम्म संसद अवरुद्ध हुन्छ ।’ उनले देश सहमतिबाट बनेको बताउँदै सहमति अनुसार नै अघि बढ्न सत्ताधारी तथा मधेशी मोर्चालाई आग्रह गरेका छन् ।
मुलुकलाई संकटमा राखिरहनको लागि देशीविदेशी शक्तिहरु लागेको बताउँदै त्यसका विरुद्धमा एमाले सधै उभिरहने बताएका छन् । उनले देशीविदेशी शक्तिको नाम भने लिन चाहेनन् । त्यो जिम्मा पत्रकारहरुलाई भन्दै छाडेका थिए ।