धरान । सिद्धि नेवा परिषद्ले वार्षिक साधारणसभाको अवसरमा शनिबार विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मानित गरेको छ । सिद्धिमान गंगालक्ष्मी पलिखे जन्मजयन्ति एवम् साधारणसभाका अवसरमा सम्मानित गरिएको हो ।
पत्रकारिता क्षेत्रबाट योगदान पु¥याएका पत्रकार यम प्रधान, सामाजिक कार्यमा अग्रसर स्वयम् श्रेष्ठ, सफल व्यवसायी विष्णृुलाल तखाचे, शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) र सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै श्यामगोविन्द श्रेष्ठलाई सम्मानित गरेको हो ।
सम्मानितहरुलाई प्रदेश नं. १ का सांसद चन्द्र प्रसाद श्रेष्ठ, सावित्री श्रेष्ठ लगायतले प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरे । अध्यक्ष गोकुलप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेवार समुदायका सामुदायिक तथा नीजी विद्यालयमा अध्ययनरत १८ जना छात्र तथा छात्राहरुलाई प्रतिव्यक्ति ९ हजार रुपैयाका दरले नगद प्रदान गरिएको छ ।