राजविराज / आफनै छोरीको हत्या अभियोगमा सप्तरीको तत्कालिन मलेकपुर १ की रानीदेवी मण्डल र उनका प्रेमी शिवशंकर मालिलाई जन्मकैदको फैसला भएको छ ।
सप्तरी जिल्ला अदालका न्यायाधिस हरिश्चन्द्र ढुंगानाको इजलासले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको हो । हत्यापछि वालिकाको शव दवाउने मनसायले खोलामा वगाएको कसुरमा दुवैलाई थप ६÷६ महिना कैदको फैसला सुनाएको छ ।
वालिकाका पिता सूर्यनारायण मण्डलले मुद्दा दर्ता गएका थिए । शिवशंकर माली र रानीदेवी मण्डल विच प्रेमसम्वन्ध वढेपछि २०७३ साउन १२ गते सुर्यनारायण मण्डलतर्फकी डेढ वर्षिया छोरी प्रमिलाको हत्या गरेर उनीहरु काठमाण्डौंतर्फ भागेको अदालतले जनाएको छ ।