सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर २ चतरी घाटमा बेवारिसे अवस्थामा ईलाका प्रहरी कार्यालय कल्याणपुरले एकथान भरुवा बन्दुक बरामद गरेको छ ।
कल्याणपुर नगरपालिका वडा नम्बर २ चतरी घाटको घुर्मी खोलाको छेउमा बालुवामा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको ईलाक प्रहारी कार्यालय मिर्चैयाका प्रहारी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहाबाट खटेको प्रहरी टोलीले सो बन्दुक बरामद गरेको जनाएको छ । ईलाक प्रहारी कार्यालय मिर्चैयाका प्रहारी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालका अनुसार बन्दुक कसले लुकाएर राखेको थियो भन्ने कुराको अनुसन्धान भइरहेको जनाएको छ ।