Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • नयाँ शैलीका साथ काङ्ग्रेसको ‘जागरण अभियान’

नयाँ शैलीका साथ काङ्ग्रेसको ‘जागरण अभियान’

alt
  • वैशाख २३, २०७६
  • ब्लाष्ट खबर

काठमाडाैं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ कार्यशैलीका साथ ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गर्दैछ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी यही वैशाख २५ गतेदेखि शुरु हुने राष्ट्रिय जागरण अभियान नयाँ शैलीका साथ मुलुकसँगै विदेशका ३३ देशमा सञ्चालन हुने जानकारी दिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय जागरण अभियान वैशाख २५ देखि जेठ २५ गतेसम्म प्रथम चरण, भदौ २४ (बिपी जयन्ती)देखि असोज १० गतेसम्म दोस्रो चरण र पुस ७ देखि पुस १६ गतेसम्म (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) तेस्रो चरण सञ्चालन हुने जानकारी दिनुभयो । अभियानअन्तर्गत भिन्न भातृ संस्था भिन्न मुद्दाका कार्यक्रम, ७७ जिल्लामा एकसाथ उद्घाटन, आशन ग्रहणमा परम्परागत शैलीको अन्त्य, स्वागत र विसर्जनबाहेक केबल तीन वक्ता रहने उनले बताए । 
विषय प्रवेश, महिला वक्ताको मन्तव्य, प्रमुख अतिथिको मन्तव्य रहने र कार्यक्रमको मूल ब्यानर र प्रचार सामग्री देशव्यापीरुपमा सबै तहमा एउटै हुनेछ । प्रवक्ता शर्माले यस अभियानमा व्याज वितरण र धेरै तौलको मालाले स्वागत गर्ने परम्पराको अन्त्य हुने बताए । उनले भने, “अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेका छौँ ।” अभियानको प्रारम्भ हुने दिन वैशाख २५ गते अलगअलग प्रदेशका जिल्लामा प्रमुख नेताले सम्बोधन गर्ने छन   यसबीचमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन, शपथ ग्रहण र दुईदिने बैठकमार्फत जागरण अभियानलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम प्याकेज घोषणासमेत गरिएको उहाँले जानकारी दिए ।
 
त्यस्तै पार्टीको केन्द्रीय अनुशासन समितिले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हितविपरीतका गतिविधि कोहीबाट पनि नहुन् भन्ने अभिप्रायका साथ ‘डेमोक्र्याटिक लयर्स एशोसियसन’को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षण अभिभारा सुम्पिइएको काङ्ग्रेसले जनाएको छ । काठमाडौँमा रहेका काँङ्गे्रसका ५१ जिल्ला सम्पर्क समितिको भेला पार्टी केन्द्रीय कार्यालयको संयोजनमा केन्द्रीय कार्यालयमा भएको र भेलाले अभियानलाई तीव्रता दिन महत्वपूर्ण प्रस्ताव पारित गरेको प्रवक्ता शर्माले जानकारी दिए । अभियानका लागि काङ्ग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाइसकेको जनाएको छ । 
सम्बन्धित समाचार
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ पूर्वकुशाहा सिसुवामा अवस्थित एकता ज् ...

आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श

धरान । आख्यानकार राजकुमार राईको उपन्यास ‘किवाहाङ’ माथि हङकङमा विमर्श गरिएको ...

धरानको प्राइम भिजनलाई अवार्ड

धरान । सुनसरीको धरानमा सञ्चालित प्राइम भिजन अन्तर्राष्ट्रिय कलेजले ‘नेपालको ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
विद्यालय सहयोगी नियुक्तिमा चलखेलः योग्य उम्मेदवारलाई पाखा लगाएर आफन्तलाई नियुक्ति
आख्यानकार राजकुमार राईको उपन्यास किवाहाङमाथि हङकङमा विमर्श
धरानको प्राइम भिजनलाई अवार्ड
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
कोशी प्रदेशका प्रमुख धाम
बेरुजुमा इटहरीले तोड्यो रेकर्ड
मन्टुको चक्रवर्ती धन्दाः कपाली तमसुक देखाई सर्वसाधारणलाई मुद्दा
भ्याट छलीको रकम तिर्न नसकेपछि जेल चलान
ठगी आरोपी अधिकृतलाई बेतलबी बिदा किन ?
आजको राशिफलः २०८२ साल असार १८ गते बुधबार
झापामा रवि लामिछानेको समर्थनमा २९ हजार हस्ताक्षर सङ्कलन
प्याउलीले पायो आख्यान पुरस्कार
करोडौं ठगी गर्ने सस्मिताको एक वर्षे बेतलबी बिदा स्वीकृत
नक्कली प्रहरी बनेर लुटपाट
धान दिवसको अर्थ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved