इनरुवा (ब्लाष्ट) प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेलले मदन भण्डारीजस्ता राजनेताहरूको सम्मान र संरक्षण गर्नुपर्ने बताएकी छन् ।
सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार नेकपाले इनरुवा ३ ले गरेको २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा उपसभामुख पोखरेलले सो कुरा बताएकी हुन् । कार्यक्रममा इनरुवाका १० वटै वडाका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ । उनीहरूलाई दोसल्ला र हर्लिक्स र फलफूल दिई सम्मानित गरिएको संयोजक चेतराज पोखरेलले बताए ।
कार्यक्रममा ७ वटा बालविकास केन्द्रका बालबालिकाहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको आयोजक समितिका संयोजक पोखरेलले बताए । कार्यक्रम इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।