मधुमल्ला । नेपाली कांगे्रस केन्द्रिय नेता कृष्ण प्रशाद सिटौलाले संचार जगतलाई सरकारले त्राई त्राई बनाई कुण्ठित पारेको बताएका छन् । नेपाली कांग्रेसको राष्ट्र ब्यापी जागरण भभियान कार्यक्रम अन्र्तगत आज आईतबार मोरङको मिक्लाजुङमा आई पुगेका कांग्रेश नेता सिटौलाले सो कुरा बताएका हुन् । बर्तमान सरकारले ऐले धेरैकाम संबिधान बिपरित गरीराखेको र उक्त काम तथा गति बिधी संचार माध्यम बाट जनतालाई सुसुचित गराउने भयले सरकारले उक्त कदम चालेको आरोप नेता सिटौलाले लगाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सिटौलाले कार्यक्रमलाई सम्बोधन गदै भनेका छन , सरकारले संचार क्षेत्रलाई मात्र नभएर मुलुकको न्यायलय , प्रहरी प्रशासनलाई राजनितिकरण, कर्मचारी मनोमानी सरुवा तन्त्र गरेको र यो देश जनताको भन्दानी कम्निष्टहरुको मात्र हो भन्ने भान अहीलेको सरकारलाई भको छ, । संचार कर्मीहरुले सरकारको गुनगान मात्र पर्चार गर्नु पर्ने , प्रशासन तथा कर्मचारीहरुले वाहवाह गरीदीनुपर्ने अहमता बोकी विधामन बिपरीत दगतिबिधी गर्न थालेकोले अब नेपाली कंग्रेस केन्द्रित भई स्थानिय तह देखी केन्द्र सम्म एकजुट हुनुपर्ने आवस्यकता रहेको बताए ।
मिक्जुङ कांग्रेसले आयोजना गरेको कार्यक्रममा अधिकाशं वक्ताहरुले केन्द्रका नेताहरुले गरेका गुटवन्दीका कारण प्रदेश र संघिय निर्वाचनमा पार्टी पराजय भोग्नु परेको बताएका थिए । स्थानिय जेष्ठ नागरिक खडि बहादुर राय , दिपक राई , पुष्प बहादुर राई , तरुण दल मोरङका रोनाल पाण्डे ,मनोज सुबेदीहरुले पार्टीमा केन्द्रिय नेताहरुका कारणले गर्दा समस्या सृजना भएको बताउदैँ देउवा कांग्रेस, पौडेल कांग्रेस, कोईराला र सिटौला कांग्रेस भन्दा नेपाली कांग्रेस भएर कार्य गर्ने वातावरण निर्माण गर्न सुझाव दिदै पार्टीमा गुटवन्दी गर्नेलाई केन्द्र देखिनै कार्यवाही गर्न सुझाव समेत दिएका थिए ।
स्थानिय नेताहरुको गुनासो र सुझावहरुलाई सम्बोधन गदै नेता सिटौलाले पार्टीको केन्द्रिय गुटवन्दीका बारेमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले गरेको बताउदै आफुले नेपाली कांग्रेसलाई दरिलो बनाउने कार्यमा लागेको बताएका छन् । उनले देशभरका कार्यकर्ताको सुझावलाई संगठीत गरी पार्टीलाई बलीयो पार्ने बताएका थिए् ।