यस लेखकले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई निर्वाचित भएकै दिन बिहान सखारै उनकै निवासमा गएर औपचारिक मात्र होइन अनौपचारिक रूपमा पनि असंयमित भएर बोल्दा तपाईंको बहुआयामिक शिरलाई ननिहुराउनु होला भनेर सुझाव सल्लाह दिएको हो । तर उहाँको उपर्युक्त स्वभावका कारण उहाँका धेरै सकारात्मक कामहरु ओझेल पर्ने अवस्था देखिएको छ ।
नगर पालिकाका कला,साहित्य क्षेत्रबाहेक आर्थिक, भौतिक तथा विकास निर्माणका कामहरु वार्ड वार्डमा देखिन्छन् । कम्तीमा सल्लाहकारको डफ्फालाई भ्रमण अवलोकन गराउँदा पनि विकासका कामहरु सार्वजनिक हुन्थे । अर्को कम्तीमा सल्लाहकार बैठकमा नै पनि लिखित रुपमा विकास र निर्माणका कामहरुको जानकारी गराउँदा पनि सत्य कुरा थाहा हुन्थ्यो । जनहितका कामहरु गरेपछि सूचनाको व्यापकता र विस्तार जनस्तरसम्म फैलाउनु पनि पर्छ । यसको अभाव देखिन्छ । नगर प्रमुखका कतिपय बरव्यहार र बोलीचालीबाट नेकपाबाट निर्वाचित थारु समुदायकै कतिपय वार्ड अध्यक्षहरु समेत हैरान भएको बताउँथे ।
नगर प्रमुख चौधरी आर्थिक रुपमा इमान्दार रहेको जगजाहेर हुन गयो । उनको विगत संसदीय स्थानीय नेतृत्व सम्हाल्दा पनि आर्थिक रुपमा इमान्दार रहेको उनी निकट व्यक्तित्वहरु बताउँछन् । हुन पनि उनी यस नगरको नेतृत्व गर्न आएकाले नै यस नगरको भूमिगत अर्ध भूमिगत आर्थिक भौतिक अनियमितता उजागर हुनसक्यो भन्ने धेरैको धराणा रहेको देखिन्छ । यस मामिलामा नगर प्रमुखको खरो व्यवहारका कारण कर्मचारीहरु सेवाग्राही जनताको हितमा सतर्क,सजग र सचेत हुन थालको यस लेखकको पनि अनुभव रहेको छ ।
तर द्वारिकलाल चौधरी आफूलाई पार्टीभित्रका केही मानिसहरु बदनाम गर्न, गराउन निरन्तर लागि परेको आफैँले थाहा पाएर निक्कै भड्किएका हुन् भन्ने पनि चर्चा छ । किन भने सिएफएल र प्रमुख र उपप्रमुख कार्यालय निर्माण नवनिर्वाचित जन प्रतिनिधि आउनु अघि नै सागर मिश्र नामका अधिकृतले नगरका कर्मचारीसित मिलेर भए गरेका कृत्य हुन् तर यी प्रकरणमा उनलाई समाप्तै पार्ने नियतले मानिसहरु लागि परे,अझ एकाध पत्रकारले खेतीपाती सरह चौधरीका विरुद्ध निजी फेसबुक समेतलाई भाइरल बनाएर व्यक्तिगत आक्षेप सहित कटु आलोचना र आक्षेप लगाइरहे । यसमा राष्टिूय स्तरका एकात्र मिडिया पनि उछाल्न लागि परे ।
यस लेखकको जानकारीमा पनि चौधरी नगर प्रमुखको औपचारिक निर्णय हुँदा देखि नै उनको व्यक्तित्व र कार्यक्षमता माथि एकाध नेताले कृत्रिम प्रश्न भुइँभरि छरेका थिए तिनले चौधरीलाई मनोगत मूल्यांकन गरी सकेसम्म कमजोर र नाकामयाव ठहर गर्ने गराउने गरी सुलसुले पारामा दुष्प्रचार गएिको पत्रकार मार्फत् यस लेखकलाई पहिले नै जानकारी भएको हो । पार्टीहरुमा कतिपय नेता र कार्यकर्ता आफूलाई गुण,विशेषता,क्षमता तथा क्रियाशीलताका आधारमा सक्षम र सबल बनाउन पटक्क ध्यान नदिई सहयोद्धा,सहकर्मी नेता र कार्यकर्तालाई खसाली ,पखाली आफू ठूलो पल्टिने रोग रहेको छ । पार्टीको मािथल्लो तहका एकाध नेताबाट सुरु र विकसित उपर्युक्त निकृष्ट चरित्र तलतल सम्म पनि झाँगिएको देखिन्छ । यस्ता कृत्यको छन् र जानकार यही लेखक रहेको छ । कुनै कुनै नेता बुद्धिजीवी तथा प्राध्यापक सम्मलाई पनि सिद्धान्त र विचार निष्ठ होइन आफ्ना आसे,पासे र बतासे बनाउन चाहन्छन् ।
अब पनि यस्तै चालामाला हो भने त्यस्तो विचार अल्पज्ञान र अल्पायु हो । त्यसैले आफू अगाडि बढ्न अकौलाई घँचेटेर खाल्टामा हाल्नु जस्तो बेइमानी कुरा केही पनि होइन । यस्तै खालको खोटा नियत कसैले रोखको छ भने उसको पनि गतिलो ताल हुने छैन । नगर प्रमुख चौधरीप्रति यस्तै गर्न खोजिएको हो भने त्यो दुर्भाग्य हो । तर चौधरीले संयम र सन्तुलनको सीमा नाघेर बोल्ने बानीमा सुधार अब अपरिहार्य छ । नगर प्रमुख र उपप्रमुखले आआफ्ना अधिार कर्तव्यका सीमामा आबद्ध भएर काम गर्नु जरुरी देखिन्छ । आपसी अनेक खिँचातानी गरेर दुनियाँ हँसाउनु व्यर्थ देखिन्छ ।
आम जनता यस कुरामा ध्यानपूर्वक हेरिहरेका छन् तिनले पनि कसका कमजोरी के कति हुन् हेर्छन्,बुझ्छन् मौकामा बोल्छन् र बोल्नु पनि पर्छ । यस लेखकले त नगर सल्लाहकार समितिकै बैठकमा नगर पालिकाका कमजोरी देखे पहिले सुझाव र सलल्लाह दिने तर त्यसले पनि सुधार नआउँदा आम जनताले थाहा पाउने गरी अखबारी लेखन गर्ने भनेर सुनाएकै हो । प्रमुख र उपप्रमुख आआफ्ना अधिकार र कर्तव्यका सीमाभित्र नबसेर को भन्दा को कम हुँदा पनि समस्या देखिएकै हो । यसको रमित पनि नदेखिएको होइन । आफू प्रमुख अतिथि हुन पाउँदा र आफूले स्पर्श गरेका सबै काम जाती तर त्यस विपरीतका कामहरु नजाती भन्ने सोच निर्वाचित व्यक्तिबाट हुन थालेपछि हुनसम्मको सरम हुन थालेको छ । अहिले यस नगरमा घरनक्सा फाँट बाहेक प्रायः सबै तिर पहिले झैँ आर्थिक भौतिक अनियमितता,अपार दर्शिता र रचम ढिलासुस्ती पाइँदैन ।
पार्टी प्रदेश इन्चार्ज भीम आचार्य र जिल्ला इन्चार्ज धर्म निरौला रहेको यस पार्टीको नगरीमा दिनहुँ जग हँसाउने गरी कचहरी हुँदा यसको कोही माइवाप छैन कि भन्ने आभास हुन थालेको छ । अहिले इटहरीमा नेता रामप्रसाद चौलागाईं र नगर प्रमुख द्वारिकलाल चौधरीका बीच शत्रुतापूर्णझैँ बादविवाद सडकमा छताछुल्ल भएको देखिन्छ । यी दुवैका बीच सम्बन्ध रड्किनुका पछाडिका धेरै कारण रहेको बताइन्छ । नगर प्रमुख चाहिँ अमुक पत्रकारलाई नियोजित रुपमा परिचालित गरी आफूलाइृ बदनाम गराउन र सिध्याउन दुष्प्रयत्न गरेको बताउँछन्् । सार्वजनिक भोज र भतेरमा पनि चौधरीलाई लक्षित गरेर अशिष्ट बोली बचन र व्यवहार गरेकामा क्रुद्ध भएको बताइन्छ । तर यसमा उनीहरुका बीचको आर्थिक लेनदेन विषय विवादको जग रहेको थाहा भएको छ । यस्तै विषय भाँडमा छड्किएर पाक्न थालेपछि विस्फोटको अवस्थामा आएको बताइन्छ ।
यसै बीचमा चौलागाईंले पार्टीमा नगर प्रमुखले आफूप्रति लगाइएका विभिन्न फतुर आरोप सहित आफ्ना गुनासाहरुको न्याय निरुपण गर्न निवेदन दिएको थाहा भएको छ । तर यसै विषयमा चौधरीले भने यसरी पार्टीमा कुनै औपचारिक धारणा आजका मिति सम्म दर्ज गराएका छैनन् । एउटा पार्टीसम्बद्ध अगुवा नेता र कार्यकर्ताले विधि, प्रक्रिंया र पद्धति अनुृसार समस्या समाधान गर्न गराउन पहल गर्नु पर्छ । तर सबैभन्दा पहिले सडकमै तमासा भने देखाउनुृ हुन्न । चौलागाईंका बारेमा चौधरीको सन्तुलित बोलीबचन अहिले पनि देखिएको छैन । पुर्खाहरुले रिस खा आफू बुद्धि खा अर्को त्यसै भनेको होइनन् । खानेपानीमा भ्रष्टाचार भयो भन्ने कुरा छ, त्यसको छिनोफानो अब अख्तियारकै जिम्मामा छ ।
तर मनोगत रुपमा भ्रष्ट र नैतिक भन्ने अधिकार कसैसित छैन । जिम्मेवार मानिसले बोलेको पुर्याउनु पर्छ । एकातिर नगर प्रमुखको भ्रष्टाचार अभियानलाई कार्यक्रम गरी जातीय रङ्ग दिन खोजिएको एक नेकपा कार्यकर्ताले बताए । जातीय हिसावले जुनसुकै जातमा पनि शोषक,शोषित,भ्रष्ट र इमान्दार दुवै थरि हुन्छन् । एक जाति,वर्ग,लिङ्ग र समुदायको अमुक भ्रष्ट र इमान्दार भयो भनेर त्यस जाति समुदायको सबै भ्रष्ट वा इमान्दार भन्ने ढङ्गले केही प्रायोजित मानिसहरु लाग्छन् र लागि रहन्छन् । यस्तै कुराको भ्रम फिजाएर हिँडियो भने आर्फैँलाई पुर्ने भड्खालो टाढा छैन भन्ने बुझ्दा हुन्छ ।
भ्रष्टाचार र अनियमितता जस्ता विषयहरुबाट स्वयं पृथिवी नारायण शाह समेत आजित भएका थिए । शाहले घूस दिन्या र लिन्याको त जिव ज्यान लिए पनि हुन्छ भनेका थिए । साना वा ठूला भ्रष्टाचार यस मुलुकमा अहिले पनि हुने गरेका छन् । कम्युनिष्ट पार्टीका मन्त्रीलाई त भ्रष्टाचारका कारण रातको दश बजे पार्टीले नै कार्यावाही निष्काशन गर्नुपर्छ भने यो पुरातन रुपमा प्राप्त कुरुप पक्ष हो । एकाध वा केहीलाई इमान्दार व्यक्तिलाई छाडेर कुरा गर्ने हो भने समाजको मानसिकता नै भ्रष्ट छ ।
जब एउटा बाबु वा आमा आफ्ना सन्तानलाई मास्टरी, हुलाकको जागिरे हुनुभन्दा भन्सार, कर कार्यालय र अन्तराष्टिूय विमान स्थल र कार्यालयमा जागिर खान वा खुवाउन हत्ते हाल्छन् तब सम्म भ्रष्टाचार शून्य सहनाशीलता प्राप्त हुँदैन । एउटा नागरिक आफूले सेवाग्राहीका रुपमा काम गराउँदा कर्मचारीलाई केही आर्थिक घुस दिँदा दाह्रा किट्छ तर उही अभिभावक घुस्याहा छोरालाई धाप र स्याबास दिने अवस्था रहुृन्जेल घूसखोरी बन्द हुँदैन । यस्ता विषयमा उहिल्यै र पहिल्यै देखि खबरदारी गर्दै अपराध अनुसार दण्डको व्यवस्था गर्ने र गरेको भए यसमा आज शून्य सहनशीलता आउँदो हो ।
त्यसैले कसैले भ्रष्टाचार र अनियमितता गर्नुका पछाडि पूर्व परम्परा र प्रणाली, नीति, विधि, प्रणाली र त्यसलाई पारदर्शी रुपमा दण्ड वा पुरस्कारको व्यवस्था गरियो कि गरिएन भन्ने अहम् प्रश्न हो । भ्रष्ट हुने बित्तिकै जीब्रो थुत्ने कुरा न्याय संगत हुँदैन । सकेसम्म नीति, विधि र पद्धति अनुसार अपराध कर्म गर्नै नदिने उपाय अपनाउनु पर्छ,सावधान गराउनु पर्छ र त्यति गर्दा पनि भएन भने कठोर दण्डको विधि अपनाउनु पर्छ । हिमाल जत्तिकै अग्लो भ्रष्टाचार र अनियमिततालाई आजको भोलि सफा गर्न सकिन्न । यसको मुहान माथि हुन्छ र त्यहाँबाट शुद्धीकरण अभियान चलाउनु पर्छ । यो माथि भनेको पनि यहाँको माथि यही उपमहानगर पालिका नै हो । गल्ती भेटियो वा फेला परियो अब यसलाई र यसको राजनीतिक सामाजिक सबै सकार समाप्त पार्नु पर्छ भनेर अगुवाइ गर्ने अनि यस कुरालाई मौन समर्थन गरेर बस्ने हो भने कोही बाँकी रहँदैन ।
इटहरी खाने पानी एउटा नमुना बनेको विज्ञ बताउँछन् । यहाँ खाने पानीको सबालमा खासै समस्या छैनन् । सकार पनि देख्नु पर्छ नकार मात्र खकारेर हुँदैन । खानेपानी संस्थाको सेवा सहुलितको प्रभावले आम इटहरी उपभोक्ताको समर्थनमा विगत निर्वाचनमा दुइतिहाइ जित हासिल हुन सकेको बताइन्छ । एउटा व्यक्तिले आफ्नो उर्वर युवा उमेर र समय समाज सेवामा बिताएको हुन्छ । यसरी विद्यार्थी कालदेखि अनवरत रुपमा लागेको हुन्छ । उसको सक्र्रियता हुन्छ सबैमा सबै गुण नहुन सक्छ । प्रतिपक्षी पार्टीहरुसित शिर ठाडो पारेर तथ्य र सत्य कुरा सहित बहस विवाद गर्ने क्षमता हुन्छ । आजीवन पार्टी भनेर लागेको हुन्छ । अनि एउटा एउटा खोट,चोट र चाबुक देखाएर समाजबाटै वहिष्कृत गर्ने नियतले काम गर्नु अपराध हुन्छ । यसरी अपमान सही सही कुन मान्छे पार्टीमा बसिरहन्छ । यसै पनि तुलानात्मक रुपमा पनि हेर्नुपर्छ । नेपालका प्रमुख पार्टीहरुका सापेक्षतामा हेर्दै आफू र पार्टीलाई सच्याउँदै अगाडि बढ्नु पर्छ । एउटै घरमा बसेर घरलाई भड्खालमा हाल्ने कुबुद्धि कसैले गर्नु हुन्न ।
तर एकीकृत नेकपामा सम्भावना र चुनौती पर्याप्त रहेका छन् । यो जिल्लामा पार्टीमा प्रदेश इन्चार्ज छन् । यो उनको गृह जिल्ला हो । उनले यस जिल्लालाई कति पारदर्शी र कति प्रभावीरूपमा पार्टी परिचालन गर्ने गराउने सोच राखेका छन् । त्यो अब परीक्षाकै घडीमा रहेको छ । कतिपय नगर समितिमा स्तरहीन कार्यकर्तालाई अगुवा कार्यकर्ताका रुपमा मनोनयन गरेको सर्वत्र चर्चा छ । अमुृक नेतासित भेट ग¥यो भनेर आग्रह र दुराग्रह बस आफ्नो गुट विरोधी ठानेर पक्षपातपूर्ण व्यवहार गर्ने गरेको यही लेखक साक्षी छ । अझ पार्टी हित भन्दा अमुक नेताको हस हजुर भएर मानित र सम्मानित हुने गरेको तीतो भोगाइ यही लेखकसित छ ।
इटहरीमा नगर पार्टी,उपमहानगर पालिका र जनता क्याम्पसमा समेत यसरी नेकपाको अर्थ न बर्थको कचहरी भएको यति लामो समय बित्ता पनि नेतृत्व किन मौन र मूक दर्शक बनेको होला भारी अचम्म लागेको छ । अझ दुई वर्ष अघि पार्टीको संगठन लथालिङ्ग र भताभुङ्ग भएको सबै दोष पार्टीका केन्द्रीय अध्यक्षलाई दिने सुनसरी जिल्ला इन्चार्ज अहिले के सोचिरहेका छन् खोजीको विषय रहेको छ । चौधरी र चौलागाई आफू आफैँ सम्हालिएनन् भने दुवैको भविष्य धरापमा देखिन्छ । अझ, द्वारिकलालले आफूलाई अझै पनि समय छँदै संयमित गर्न सके भने अग्रगति र उध्र्वगमनको मार्ग प्रशस्त हुने देखिन्छ नत्र कसैले पनि उनलाई बचाउन सक्तैन । निर्माण,पुनर्निमाण,अग्रंगमन, ध्वंश,विध्वंश र विनासमा आन्तरिक कारण नै प्रमुख हुन्छ ।