धरान । प्रतिनिधिसभाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको छ ।
कांग्रेस र राजपाले गर्दै आएको संसद अवराेध हटाउने क्रममा भएको सहमतिअनुसार गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन समिति बनेको हो ।
समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसालका साथै मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत छन् ।
सभामुख कृष्णबहादुर महाराले बोलाएको सर्वदलीय बैठकले संसदको अवरोध हटाउने सहमति गरेको थियाे ।
सोमबार संसद भवनमा बसेको सर्वदलीय बैठकले फेरि यस्तो गतिरोधको उत्पन्न हुन नदिन आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय गरेको थियाे ।