पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा फेरी एकजना पुरुषमा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

वडा–३ का एक पुरुषको विराटनगर स्थित न्यूरो हस्पिटलमा स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । कानेपोखरी स्वास्थ्य शाखाका अनुसार विरामी भएपछि उनलाई साउन २९ गते न्यूरो हस्पिटल भर्ना गरिएको थियो ।

सुरुको स्वाब परीक्षणमा उनलाई कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि उपचारको कै क्रममा १५ दिनपछि भदौ १४ गतेको रिपोर्टमा कोरोना पोजेटिभ भएको स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताए । सङ्क्रमित पुरुषलाई विरामी भएपछि सुरुमा कानेपोखरी–६, को कंकालनी क्लनिकमा लगिएको थियो । सोही दिन पथरीको हस्पिटल हुँदै बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । यो सँगै कानेपोखरीमा संक्रमितको संख्या ६ जना पुगेको छ ।

गाउँपालिकाको क्वारेन्टाइनबाट एक जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ । अन्य कोरोना पोजेटिभ देखिएका विभिन्न वडाका ५ जना व्यक्तिहरु अन्तै परीक्षण गराइएका थिए ।