विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका – २, तीनपैनी चोकका ७० वर्षिय पुरूषको शनिबार राती मृत्यु भएको हो । उनलाई ज्वरो, खोकी र दमका विरामी भइ गम्भिर अवस्थामा अस्पतालमा शनिबार साढे पाँच बजे भर्ना गरिएको थियो । अस्पताल ल्याइ पुर्याउँदा विरामीको मृत्यु भइसकेको कोशी अस्पतालका सुपरिटेन्टडेन्ड (मेसु) डा. चुमनलाल दासले जानकारी दिए ।
प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएकोे मृतकको स्वाब परीक्षण रिपोट अनुसार शनिबार साढे १० बजे कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसो शवलाई नेपाली सेनाले व्यवस्थापनको लागि मोरङको कानेपोखरीको जंगलतर्फ लगेको अस्पतालले जनाएको छ । यो सँगै विराटनगरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । हालसम्म मोरङमा २० जनाको कोभिडि १९ बाट मृत्यु भएको छ ।