धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत झापाको कन्काई ३ बस्ने ४५ बर्षीया एक महिलाको आइतबार विहान मृत्यु भएको छ ।
मेची अस्पतालबाट रिफर भएर प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी ती महिला लामो समयदेखि मधुमेह पिडित थिइन् । प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाकाअुनसार निमोनिया, कमजोरी र कव्जियतको समस्यासंगै केही दिन देखि ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि उपचारकालागि मेची अस्प्तालमा भर्ना भएका थिए । मेची आस्पतालबाट उपचार हुन नसकेपछि थप उपचारकालागि भदौ १८ गते वीपी प्रतिष्ठानमा रिफर भएको प्रवक्ता सापकोटाले बताए ।
उनकाअनुसार प्रतिष्ठानमा भर्ना हुनासाथ स्वाव संकलन गरेर पिसिआर जांच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । मृतक महिलाको शव व्यबस्थापन गर्ने काम भइरहेको सापकोटाले बताए ।