धरान । प्रदेश नं. १ मा मंगलबार ८० जनामा कोरोना संक्रमित थपिएका छन् । मंगलबार १ हजार ६१५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३६ महिला र ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मङ्गलबार सङक्रमण पुष्टि भएमा मध्ये सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम र उदयपुरका १–१ तथा प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला र ८ पुरुष, दुहवीमा ४ महिला र ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला र १ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको विराटनगरका ११ महिला र ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिलामा कोरोना देखिएको छ ।
भने झापाको दमकमा २ महिला र ४ पुरुष, शिवसताक्षीमा २ महिला र १ पुरुष, गौरीगञ्जमा १ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र १ पुरुष, बा¥हदशी, मेचीनगर र कनकाईमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २५७ पुगेको छ । प्रदेशमा मंगलबार १६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङबाट ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापाबाट ५–५ जना डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ९१२ पुगेको छ ।