श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन १४ गते बुधबार, ३० जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण शुक्लपक्षको षष्ठी तिथि ०२ः१७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र हस्ता २२ः४१ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः२५ बजे र सूर्यास्त ०६ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।    

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अधिकारका लागि सजग रहनुपर्ला। काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

यात्रा गर्दा धनमालको सुरक्षामा ध्यान दिनुहोला। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। अध्ययनमा धेरै समय जुट्न नसकिएला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

महŒवाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पु¥याउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले कामकाजमा बाधा पु¥याउनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ । विशेष योजना सार्वजनिक नगर्नु होला ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।      

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापारमा सामान्य फाइदा हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई हराउन सकिनेछ । कर्मको उचित प्रतिफल पाइनेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। नयाँ काममा जग बसाउने मौका छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ।